+
+
Shares

मधेशमा सभामुखका लागि जसपा नेपालका यादवले गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १४:०९
Listen News
0:00
0:30
🔊

५ पुस, जनकपुरधाम । मधेशमा सात दलीय गठबन्धनबाट जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा प्रस्तावक नेपाली काँग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो रहेका छन् ।

मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । भोलि सभामुख पदको लागि निर्वाचन हुने तालिका छ ।

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित छन् । गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतबाट पदमुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?