+
+

उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १४:५०

१७ मंसिर, काठमाडौं । सरकारले उद्योग विभागको महानिर्देशकको जिम्मेवारी रामचन्द्र तिवारीलाई दिएको छ । मंसिर ८ को मन्त्रिपरिषद् बैठकले विभागको महानिर्देशक रहेका जिवलाल भुसाललाई मन्त्रालयमा सरुवा गरेर तिवारीलाई विभाग लगिएको हो ।

महानिर्देशकको नयाँ जिम्मेवारी पाएका तिवारी यसअघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा थिए । एक महिनाअघि मात्रै उपसचिवबाट सहसचिव बनेका तिवारीले बिहीबार विभागमा हाजिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?