+

महिला भलिबलमा १५ खेलाडी छनोट, रेश्मासहित ५ खेलाडी बाहिरिए

२०७८ मंसिर  १८ गते १४:०६ २०७८ मंसिर १८ गते १४:०६
महिला भलिबलमा १५ खेलाडी छनोट, रेश्मासहित ५ खेलाडी बाहिरिए

१८ मंसिर, काठमाडौं । बंगलादेशमा यही डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोन महिला च्यालेन्ज भलिबलका लागि दोस्रो चरणमा १५ खेलाडी छनोट भएका छन् ।

नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १५ खेलाडी छनोट गरेको जनाएको छ ।

यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रेश्मा भण्डारीसहित ५ खेलाडी भने बाहिरिएका छन् ।

दुई वर्षअघि बंगलादेशमै भएको सेन्ट्रल जोन अनी नेपालमा १३औं साग खेलेका रेश्मासहित पुनम चन्द,  उषा विष्ट र जानकी भण्डारीले १५ जनाको सूचीमा स्थान बनाउन सकेनन् । यस्तै शान्तिकला तामाङ पनि बाहिरिएकी छिन् ।

महिला टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले दोस्रो चरणमा १५ खेलाडी छनोट गरिएको र १२ जनाको अन्तिम टोली छनोट गरिने बताए ।

यस्तै संघले भोली पुरुष टोलीको पनि छनोट हुने खेलाडीहरुको नाम सार्वजनिक गर्ने जनाएको छ ।

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि अहिले महिला र पुरुष टोलीले तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी :

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु,  उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषाकुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय