+
+

जब मध्यरातमा राजा कुमारी स्टेज चढिन्…

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते ११:३३

२० मंसिर, काठमाडौं । बढ्दै गएको चिसोमा इण्डियन-अमेरिकन र्यापर द राजा कुमारीले काठमाडौंको क्लब फरेनहाइटलाई तताएकी छन् । शुक्रबार राति उनले आफ्ना चर्चित गीतहरुको माध्यमबाट दर्शकलाई झुमाइन् ।

राजा कुमारीको गीतमा रमाउनका लागि बेलुकी ८ बजेबाट नै युवायुवतीको बाक्लो भीड क्लब फरेनहाइटमा लागेको थियो । तर, राजा कुमारी भने मध्यरातमा मात्र स्टेज चढिन् । सेतो पहिरनमा अनुहार छोपेर स्टेज चढेकी राजा कुमारीले करिब एक दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।

‘के छ नेपाल, सञ्चै हुनुहुन्छ ?’ भन्दै स्टेज चढेकी राजा कुमारीलाई क्लब फरेनहाइटमा उपस्थित सयौं दर्शकले हुटिङ गरेर साथ दिए । उनले आफ्नो चर्चित गीत ‘सिटी स्लम्स’ प्रस्तुत गर्दा दर्शकले वान्स मोर भन्दै हुटिङ गरेका थिए । उक्त गीत राजा कुमारीले दुई पटक गाउनु परेको थियो ।

क्लब फरेनहाइटका सीइओ मिलन श्रेष्ठले राजा कुमारीको कन्सर्ट भव्य रुपमा सफल भएको बताए । उनले लामो समयदेखि राजा कुमारीलाई नेपाल ल्याउने प्रयास गरेपनि आफूहरु बल्ल सफल भएको बताए ।

राजा कुमारीको कन्सर्ट हेर्नका लागि युवायुवती रातको २ बजेसम्म क्लब फरेनहाइटमा बसेका थिए । राजा कुमारी कन्सर्टका लागि बिहीबार नेपाल आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?