+
+

भारतमा ८ हजार बढी कोरोना संक्रमित, ओमिक्रोनबाट संक्रमितको संख्या पाँच गुणाले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:४१

२० मंसिर, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएको पाइएको छ । यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमित २११ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिहरुको कूल संख्या ४ बाट बढेर २१ पुगेको छ ।

आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एक जना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?