+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राजदूतको कामको निगरानी गर्न संसदीय संयन्त्र बनाऔं : जितेन्द्र देव

बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा सांसद देवले नेपाली दूतावास र नियोगहरुले गरेका कामबारे अनुगमन गर्न संसदीय संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १३:४४

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुको काम अनुगमन गर्न संसदीय संयन्त्र चाहिने बताएका छन् ।

बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा सांसद देवले नेपाली दूतावास र नियोगहरुले गरेका कामबारे अनुगमन गर्न संसदीय संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।

‘राजदूतहरुलाई सुनुवाइ गरेर त पठाउछौं । त्यसपछि अनुगमन गर्ने मेकानिजम आवश्यक हुन्छ’ उनले भने, ‘‍‍‍…यो मेकानिजम भयो भने नियोगका काम कारबाहीमा ध्यान पुग्छ भन्ने लाग्छ ।’

नेता देवले राजदूतले काम गर्दा आफू राज्यकै प्रतिनिधि हुँ भन्ने सोच राख्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?