+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारतसँगको सम्बन्धमा विश्वासकै आवश्यकता : प्रस्तावित राजदूत शर्मा

भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतबीच विश्वासको सम्बन्ध बनाउनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १७:५३

२० मंसिर, काठमाडौं। भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतबीच विश्वासको सम्बन्ध बनाउनुपर्ने बताएका छन् । आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरु सजिलैसँग अगाडि जानसक्छ ।’

शर्माले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडि बढ्ने बताए। बैठकमा सांसदहरुले आर्थिक कुटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदुतहरुलाई सुझाव दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरुको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदूतहरुले राष्ट्रकै प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले राजदूतहरुले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?