
२० मंसिर, इलाम । प्रहरीले प्रतिबन्धित लागू औषध अफिमसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत प्रदेश पञ्जाब जिल्ला फ्रोजपुर घर बताउने २५ वर्षीय केयर सिंह र मौगा घर बताउने बर्ष २५ को सुखजित सिंह रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदलै आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले प्रतिबन्धित लागु औषध अफिम ११ ग्राम बरामद गरेको छ । पक्राउ परेका ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4