+
+

बिइङ ह्युमनको दाबी– जग्गा खरिद गर्न लिएको कर्जालाई प्रहरीले अवैध भनेर समात्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ११:०४
बिइङ ह्युमन क्लोथिङ नेपालका म्यानेजर हिरोसी खनाल

२१ मंसिर, काठमाडौं । जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जालाई प्रहरीले अवैध रकम भनेर बरामद गरेको ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले दाबी गरेको छ ।

कम्पनीको नामबाट प्रेस विज्ञप्ति जारी गर्दै कर्जा र व्यापारबाट आर्जित रकमलाई प्रहरीले अवैध भनेर बरामद गरेको दाबी गरिएको हो ।

नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण हुँदा ग्राहक महानुभावमाझ भ्रमको वातावरण बन्न गएको हुँदा उक्त रकमको स्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवं प्रमाणहरुसहित कानूनी उपचार लिन लागिएको यहाँहरु सबैमा जानकारी गराउँछौं ।’

‘ग्राहकमाझ लोकप्रिय हुँदै गर्दा बदनाम गराउने उद्देश्यले षयन्त्रपूर्वकरुपमा कारबाही भएको’ विज्ञप्तिमा दाबी गरिएको छ ।

बलिउड नायक सलमान खानद्वारा स्थापित बिइङ ह्युमन फाउन्डेसनमार्फत यो कम्पनी सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?