+
+

किताबभित्र खैरो हिरोइन, एकजना पक्राउ

प्रहरीले प्रतिबन्धित लागू औषध २३ ग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । उनले उक्त लागुऔषध झोला भित्र रहेको किताब भित्र हरियो पातलो प्लाष्टिकले बेरी लुकाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १८:५२

२१ मंसिर, झापा । प्रहरीले प्रतिबन्धित लागू औषध २३ ग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनगाउँ नगरपालिका- १ सल्‍यान सल्लीबजार बस्ने बर्ष ३० वर्षीय रमेश डिसी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले मेची खोलाको पुरानो पुलमा चेकजाँच गर्ने क्रममा उनलाई २३ ग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको हो । उनले उक्त लागुऔषध झोला भित्र रहेको किताब भित्र हरियो पातलो प्लाष्टिकले बेरी लुकाएका थिए ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइररहेको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?