+
+

जितपछि मछिन्द्रका प्रशिक्षकले भने : टीमको मनोबल बढेको छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते २०:५०
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल ।

२२ मंसिर, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार जाउलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानको सातदोबाटो युथ क्लबसंग अंक बराबरी गरेको छ ।

गोलअन्तरका कारण लिग तालिकाको दोस्रो स्थानमा रहेपनि मछिन्द्रले हालसम्म खेलेका तीनवटै खेलमा अपराजित यात्रा कायम राखेको छ ।

जावलाखेलविरुद्ध जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खुशी व्यक्त गरे । उनले सुरुमै गोल गर्न सफल भएकाले खेल अवधिभर दबाव कम भएको बताए ।

‘२-० को जितबाट पक्कै पनि खुशी छु । जाउलाखेल बलियो टिम हो, उसले मनाङ र हिमालयन शेर्पासंग पनि राम्रो खेलेको थियो’ पोष्टम्याच कन्फ्रेन्समा कटुवालले भने, ‘हामी टेबलमा पनि माथि आएका छौँ । यसले खेलाडीको पनि मनोबल बढ्छ ।’

दोहोरो पहेँलो कार्डका कारण मछिन्द्रका विदेशी खेलाडी आन्द्रेस निया बुधबार खेल्न पाएनन् । यस्तै सुनील बलले पनि दोस्रो हाफमा मात्र खेलेका थिए । यसअघि दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा खेलेका मनिष डाँगीले जाउलाखेल विरुद्ध शुरुमै खेले र उनले आफ्नो प्रभाव पनि छाड्न सके ।

प्रशिक्षक कटुवालले आन्द्रेस निया नहुँदा खेलमा गाह्रो भएपनि सुरुमै गोल भएकोले सहज भएको बताए । बुधबार नै लिगमा डेब्यु गरेका अभियान प्रधानले पनि राम्रो खेलेको कटुवालले बताए ।

‘मनिषको स्पिड छ । अघिल्ला दुई खेलमा पछि खेलाउँदा राम्रो थिएन । आज सुरुमा खेलेको, म्याचुअर्ड भएको छैन, पछि राम्रो हुँदै जान्छ’ उनले भने ।

‘गोलकिपरको गल्तीले खेल हार्‍यौं’

लगातार तेस्रो खेलमा हार व्यहोर्दा जाउलाखेलका प्रशिक्षक किशोर केसी भने निराश देखिए । उनले मछिन्द्रविरुद्ध गोलकिपरले गल्ती गरेको बताए ।

‘टिमले प्रदर्शन राम्रै गरेको हो । तर आज बिग मिस्टेक किपरमा देखियो । एउटा सुसाइड गोल भयो । अर्को फ्रिकिकमा गोल भयो’ केसीले पोष्टम्याच कन्फ्रेन्समा भने, ‘दुई गोल किपरको ठूलो गल्तीले भयो । अरु त्यस्तो अट्याक विपक्षीबाट आएको थिएन । हामीले पनि अवसर खेल फाल्यौं।’

उनले गोलकिपरले राम्रो प्रदर्शन नगर्दा  खेल बराबरी गर्ने रणनीति असफल भएको पनि बताए । ‘किपरले धैर्यसाथ प्रदर्शन गरेको भए १ अंक लिन सक्थ्यौं’ प्रशिक्षक केसीले भने ।

टिममा तीन जना किपर भएपनि लगातार तीन खेलमा टेकेन्द्र थापाले खेलिरहेका छन् । उनले सुरुको दुई खेलमा कप्तानी नै गरेका थिए । मछिन्द्रविरुद्ध भने नियमित कप्तान कुलदिप कार्कीले नै कप्तानी गरे ।

टिमका अन्य दुई किपरमा अनुभवको कमी रहेको केसीले बताए । ‘दुई जना अरु किपर पनि छन् तर म्याच एक्सपिरियन्स कमी छ । गाह्रो हुन्छ भनेर खेलाइनँ । अब भने रिस्कु लिन्छु’ उनले भने ।

जावलाखेलले लगातार तीन खेल हार्दा गोलसमेत गर्न सकेको छैन भने ४ गोल खाइसकेको छ । सुरुमै राम्रो टिमसंग खेलेको र हार व्यहोरेपनि आउने खेलहरुमा सजिलो हुने प्रशिक्षक केसीको अपेक्षा छ । ‘तीन म्याच राम्रो टिमसंग नै हारेको छ । अब आउने म्याचमा सजिलो होला । हाम्रो टार्गेट टप फोर नै हो’ उनले भने ।

राष्ट्रिय टिमबाट खेलिसकेका सुरजज्यू ठकुरीले दर्शकले हेर्दा राम्रो खेले पनि प्रशिक्षकका लागि राम्रो नभएको केसीले टिप्पणी गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?