+
+

इसेवा मनि ट्रान्स्फरको स्कुटर उपहार पूर्णप्रसाद शर्मालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १८:२०

काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको उपहार योजना पूर्णप्रसाद शर्माले जितेका छन् । ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजना अन्तर्गतको बम्पर उपहारको विजेता बन्दै शर्माले ‘होन्डा डिओ स्कुटी’ पाएका हुन् ।

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौं मध्ये गोलाप्रथाबाट स्विडेनमा बसोबास गर्दै आएका शर्मा विजेता घोषणा भएका थिए । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । शर्माको उपहार उनको प्रतिनिधिले लिएको इसेवाले जनाएको छ ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए ।

असोज २ गतेबाट शुरु भएर मंसिर २ मा समापनभएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सर ग्राइण्डर प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?