+

साफ यू-१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

२०७८ मंसिर  २५ गते १०:५८ २०७८ मंसिर २५ गते १०:५८
साफ यू-१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

२५ मंसिर, काठमाडौं । च्याम्पियन बन्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपालले साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली सयम अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

साविक विजेतासमेत रहेको बंगलादेशविरुद्ध यस पटक बदला लिने लक्ष्यमा नेपाल रहेको छ ।

बंगलादेश जानुअघि नेपालका प्रशिक्षक हरिओम श्रेष्ठले यस पटक बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए ।

उनले शुक्रबारको प्रिम्याच कन्फ्रेन्समा पनि घरेलु टोलीलाई कठा चुनौती दिने बताए । ‘हामीले छोटो समयमा टोली तयार गर्नु पर्यो । तर, हामी घरेलु टोलीलाई कडा चुनौती दिनेछौं,’ प्रि म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए ।

यस्तै बंगलादेशका प्रशिक्षक गुलाम छोटोनले प्रतियोगिताका लागि आफ्नो टिम बलियो रहेको बताए । ‘यो टोलीले लामो समयबाट खेल्दै आएको छन् र  राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा छन् । हामीलाई घरेलु मैदानको फाइदा छ  र टिम राम्रो छ ।’

सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । त्यसअघि समूह चरणमा पनि नेपाल बंगलादेशसँग पाराजित भएको थियो । यस पटक ती दुवै हारको बदला लिने नेपालको लक्ष्य छ ।

पाँच टिम मात्र सहभागी च्याम्पियनसिपका खेलहरू राउण्ड रोविनका आधारमा हुनेछ । त्यसपछि बढी अंक जोड्ने शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा, तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

फोटो : बंगलादेश फुटबल फेडेरेसन

नेपाली टिम फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय