+
+

देउवाले टुंग्याए महामन्त्रीको उम्मेद्वार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १६:२२

२५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको संस्थापन समूहले महामन्त्रीको उम्मेद्वार टुंग्याएको छ । शेरबहादुर देउवा सभापति रहेको प्यानलबाट डा.प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीको उम्मेद्वार बन्ने भएका छन् ।

१२औं महाधिवेशनपछि महत सहमहामन्त्री मनोनित भएका थिए । पौडेल नेवि संघका पूर्वसभापति हुन् । देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बीच तालमेल हुँदा पौडेल महामन्त्रीका उम्मेद्वार बनेका छन् ।

महत र पौडेल महामन्त्रीको उम्मेद्वार बनेपछि ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?