+
+

लागु औषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १९:२४

२५ मंसिर, हेटौंडा । मकवानपुरमा प्रहरीले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटे बाट ५२ बर्षीय नारायण खड्का र हेटौंडा ११ शहीद स्मारक गेटबाट ३५ बर्षीय अर्जुन अधिकारीलाई पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्गको रातोमाटेमा वीरगञ्जबाट काठमाडौं जान लागेको ना ५ ख ४८०२ नम्रको बस चेकजाँचको क्रममा चितवन नगरपालिका–२ टाँडीका खड्कालाई ५ ग्राम २८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै स्मारकमा घुम्न आएका चितवन राप्ति नगरपालिका- ७ का अधिकारीलाई १ ग्राम २ सय मिलिग्राम लागु औषध खैरो हिरोइन सहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?