 
																			२५ मंसिर, जनकपुरधाम । सर्लाहीमा तालमा हाम फालेका एक युवकको प्रहरीले उद्धार गरेको छ ।
बाग्मती नगरपालिका-१२ स्थित भरत तालमा हाम फालेका रौतहटकाे चौपुर नगरपालिका ५ बस्ने २५ बर्षका सागर कार्की शनिबार दिउँसो हाम फालेका थिए । एक्कासी हाम फालेको देखेपछि स्थानिय तथा घुम्न आएका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनको उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
उद्धार गरिएका उनलाई उपचारको लागि मोडेल अस्पताल कर्मैया पठाईएको प्रहरीले जनाएको छ ।
उनले किन हाम फाले सन्दर्भमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4