+
+
कांग्रे महाधिवेशन :

शेखरलाई समर्थन गर्दै न्यौपानेले फिर्ता लिए सभापतिको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १२:४१

२५ मंसिर, काठमाडौं । कांग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए ।

न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?