
२५ मंसिर, काठमाडौं । कांग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए ।
न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4