+
+

योगेश भट्टराईको प्रस्ताव : भीम रावललाई स्थायी कमिटी सदस्य बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १५:१३

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका छन् । त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम छैनन् ।

बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?