+
+

कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १२:५२

२७ मंसिर, मकवानपुर। प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका-६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तान रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय भिमफेदी, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

साथै अन्य ३ जनालाई समेत नियन्त्रणमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नन्दरे र सिताराम मोक्तानबीच सामान्य विवाद भइ कुटपिट हुँदा नन्दरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?