+
+

टोनी हागनको ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वर्ल्ड’ पुस्तक नेपालीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १५:०७

२७ मंसिर, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल(किम्फ)मा भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ ।

हागनले लेखेको ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वर्ल्ड’ पुस्तकको नेपाली संस्करण ‘नेपालमा मेरो खोजी यात्रा’ सार्वजनिक गरिएको हो । हिमाल पुस्तकले प्रकाशित गरेको पुस्तकलाई टोनी हागनकी छोरी डा. क्याट्रिना हागन र टोनी हागन फाउण्डेसन नेपालका अध्यक्ष प्रा. डा. प्रमोदकुमार झाले संयुक्त रुपमा लोकार्पण गरे ।

पुस्तकलाई किम्फका प्रमुख समेत रहेका हिमाल एशोसिएसनका अध्यक्ष वसन्त थापाले अनुवाद गरेका हुन् । कार्यक्रममा क्याट्रिनाले नेपालको प्राकृतिक सम्पदा, सामाजिक र धार्मिक विविधताको चर्चा गरेकी थिइन् ।

अनुवादक थापाले पुस्तकको मर्मअनुसार आफूले नेपालीमा अनुवाद गरेको बताए । उनले भने, ‘ट्रान्सलेट साह्रै कठिन काम हो । बरु मौलिकतामा लेख्न सजिलो हुन्छ । अनुवाद लिकमा चल्ने रेल रहेछ ।’

हागनले पुस्तकमार्फत नेपालीलाई नेपाल चिन्न आग्रह गरेको बताउँदै थापाले भने, ‘हामीले नेपाल चिन्नुपर्छ । हामी कस्तुरी जस्तै छौं । वैज्ञानिक पद्धति हाम्रो जीवनमा प्रवेश गरेकै छैन । पुस्तकमार्फत हागनको मुख्य आग्रह भनेकै हामीले नेपाल चिन्नुपर्छ भन्ने हो ।’

हागन पहिलोपटक भूगर्भविद्को रुपमा सन् १९५० मा नेपाल आएका थिए । सरकारको अनुमतिबिना विदेशीले काठमाडौंबाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएको नाताले हागनले त्यसबेला नेपालका विभिन्न स्थानमा घुमेका थिए ।

३१४ पृष्ठको ‘नेपालमा मेरो खोज यात्रा’ पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?