
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ ।
यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।
मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4