+
+

सौरभ रिमाललाई ‘अम्बेडकर अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:५५

२८ मंसिर, काठमाडौं । युवा समाजसेवी सौरभ रिमाल डा.भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१’ बाट सम्मानित भएका छन् ।

भारतका संविधान निर्माता डा.अम्बेडकरको नामबाट स्थापित सेवा श्री अवार्डबाट रिमाल सम्मानित भएका हुन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच रिमाललाई गिरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएकोले ३७ औँ सेवा श्री अवार्डबाट सम्मानित गरिएको हो ।

कोरोना कहरमा उनले सडकका पशुपंशीलाई खाना खुवाउको काम गरेका थिए । रिमालले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितका लागि खाद्य सामग्री उपलब्ध गराउनु साथै स्वास्थ्य शिविरसमेत संचालन गरेका थिए।

‘के पाउण्डेशन’ नामक संस्थाका अध्यक्षसमेत रहेका रिमालले दुर्गम क्षेत्रका विपन्न तथा दलित समुदायका विद्यार्थीलाई पाठ्यसामग्री उपलब्ध गथराउँदै आएका छन् ।

साथै विद्यालयमा पुस्ताकलय समेत स्थापना पनि गरिसकेका छन् । पछिल्लो समय रिमालले दुर्गम क्षेत्रका बालबालिक अध्ययन गर्ने विद्यालयमा पाठ्य सामग्री उपलब्ध गराउने रिमालले अभियानसमेत चलाइहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?