+
+

तीन स्थानीय तहमा पुग्यो अख्तियारको टोली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २२:११

२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा स्थानीय तहको काम कारवाहीमाथि सघन अनुसन्धान शुरु गरेको छ ।

कतिपय गम्भीर प्रकृतिका उजुरीहरु परेको भन्दै अख्तियारले ती स्थानीय तहमा स्थलगत टोली नै खटाएको हो ।

अख्तियार स्रोतका अनुसार, भक्तपुरको चागुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नरसिंह गाउपालिका र कपिलबस्तुको बुद्धभूमि नगरपालिकामा टंगालस्थित केन्द्रीय कार्यालयबाट टोली नै खटिएको छ ।

‘स्थानीय तहका धेरै उजुरीहरु परेकाले कामकारवाहीको अनगुमनका क्रममा गएका हौं’ अख्तियार स्रोतले भन्यो, ‘त्यहाँबाट ५ लाखभन्दा बढीका खरिद र २० लाखभन्दा बढीका निर्माणमाथिको अनुसन्धान गर्ने प्रारम्भिरक योजना छ ।’

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले केही स्थानीय तहमा अनुसन्धानका क्रममा टोली खटिएको बताए । ‘उजुरीको छानविनका क्रममा हाम्रो टोली खटिएको हो’ उनले भने, ‘उजुरीसँग सम्बन्धित विषयहरुको अध्ययन गरी फर्किनेछ ।’ अख्तियारले उजुरीका आधारमा भन्दै तीन स्थानीय तहमाथि विस्तृत रुपमा अनुसन्धान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?