१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ८ सय मतको अग्रता लिएका छन् ।
३३२० मत गणना हुँदा गगनले २१६४ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १३२८, डा. प्रकाशशरण महतले १०९२, प्रदीप पौडेलले ९९९, डा. मिनेन्द्र रिजालले ५८८ र राजाराम कार्कीले ७६ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।
कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4