
२ पुस, काठमाडौं । ललितपुरको झम्सिखेलस्थित चिकेन स्टेसनमा चलचित्र कलाकारहरुले टु पीएम कोरियन रामेन नुडल्सका विभिन्न परिकारको स्वाद चाखेका छन् । नायिका नीता ढुंगाना, युवा ज्योतिष हरिहर अधिकारी, गायिका सुनिता दुलाल, नायक प्रदीप बाँस्तोला, पत्रकार ऋषि धमला र सगरमाथा आरोही निमा लमु शेर्पा चिकेन स्टेसन पुगेका थिए ।
उनीहरुले चिकेन र नुडल्सको नयाँ फ्युजनको स्वाद आम मानिसका लागि विशेष हुने प्रतिक्रिया दिए । देशका विभिन्न स्थानमा आउटलेट सञ्चालन गरिसकेको चिकेन स्टेसन र एसियन थाई फुड्सको ‘टु पीएम कोरियन रामेन नुडल्स’ नेपालमा नै पहिलो पटक तयारी खाना र फ्रेन्चाइज व्यवसायमा टाइअप भएको हो ।
नायिका नीता ढुंगानाले आफूले हप्तामा दुई पटकसम्म चाउचाउ खाने गरेको बताउँदै यो नयाँ फ्युजनको स्वादले तानेको बताइन् । यस्तै कलाकार प्रदीप बाँस्तोलाले आफू दुई दशकदेखि शाकाहारी रहेको ‘एनिमल फ्राइ’ एकदमै मन परेको बताए ।
चिकेन स्टेसनका ब्राण्ड म्यानेजर विकास बाँस्कोटाले टु पीएम कोरियन रामेनलाई एनिमल फ्राइ, सीएफसी ग्रेभी पिरोज र टिम्बुरे परिकारमा तयार पारिएको बताए ।
प्रतिक्रिया 4