 
																			२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार ४००० मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । कूल ४६४४ मत खसेको छ ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा.शेखर कोइराला पक्षका हुन् । थारु क्लष्टरबाट कांग्रेसका एकजना सहमहामन्त्री निर्वाचित हुनेछन्।
कांग्रेसका आठ सहमहामन्त्री पदमध्ये तीन क्लष्टर (महिला, दलित र आदिवासी जनजाती)को भने बिहीबारै नतिजा आइसकेको छ । जसमा महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदेम्बे निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4