+
+

बार्सिलोना विजयी, सेभियासँग एट्लेटिको पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ९:२१

४ पुस, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका निको गोन्जालेजले खेल सकिन पाँच मिनेटअघि गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा एल्चेलाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा उसमान डेम्बेले र क्लेमेन्ट लेङलेटको गोलमन बार्सिलोना २० मिनेटभित्रै दुई गोलको अग्रता बनाएको थियो । तर एल्चेले दोस्रो हाफमा २० मिनेटभित्र दुई गोल फर्काउँदै खेल २-२ को अवस्थामा ल्यायो । एल्चेले टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरे ।

तर ७२औं मिनेटमा फेरान जुट्लाको स्थानमा मैदान प्रवेश गरेका निकोले ८५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोना १७ खेलबाट २७ अंकसहित सातौं स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १५ अंकले पछि छ ।

ला लिगाकै अर्को खेलमा सेभियाले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको छ । सेभियाको लागि इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । एट्लेटिकोका फेलिपेले एक गोल गरे ।

जितपछि सेभिया १७ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा छ भने समान खेलबाट २९ अंक रहेको एट्लेटिको पाँचौ स्थानमा छ ।

यसैगरी रियल सोसिडाड ३-१ ले हराएर भियारियाल दशौँ स्थानमा उक्लेको छ । भियारियालको १७ खेलबाट २२ अंक छ । १८ खेलबाट २९ अंक रहेको सोसिडाड छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?