+
+

शिक्षक सेवा आयोगको परीक्षा एसईईसँग जुध्ने चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १०:२२

५ पुस, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) जुध्ने सम्भावना देखिएको छ । त्यसैले परीक्षा तालिकाबारे शिक्षक सेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले मावि तहको परीक्षा आगामी चैत १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा तालिका भने सार्वजनिक हुन बाँकी छ ।

यद्यपि शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले एसईईसँग परीक्षा जुध्ने सम्भावना भएकाले परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको बताए । उनले अनलाइनखबरसँग भने, ‘परीक्षा जुध्ने सम्भावनाबारे हामीबीच छलफल भएको छ, यसबारे परीक्षा बोर्डसँग पनि छलफल गर्ने हो कि भनेर कुरा भइरहेको छ ।’

एसईई परीक्षाका लागि विद्यार्थीहरुलाई तयारी गराउने शिक्षकहरु आफ्नै परीक्षामा व्यस्त रहने हुँदा परीक्षा सन्चालनमा समस्या नहोस् भनेर आफूहरु सचेत रहेको उनले बताए ।

विगतमा एसईई परीक्षा चैत महिनामा हुने गरेको थियो । गत वर्ष भने कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा हुन नसकेपछि आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?