+
+

बेलायतमा ओमिक्रोन रोक्न ३ विकल्प प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:२३

५ पुस, काठमाडौं । बेलायतमा फैलिइरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन रोक्नका लागि प्रधानमन्त्रीसमक्ष ३ विकल्प पेश गरिएको छ।

२४ घण्टामा ओमिक्रोनका संक्रमित झण्डै ५० प्रतिशतले बढेर ३७ हजार पुगेपछि अधिकारीहरूले प्रधानमन्त्री बोरिस जोनसनसमक्ष ३ वटा विकल्प पेश गरेका हुन् । बोरिससमक्ष पेश गरिएको पहिलो विकल्पमा मानिसहरूलाई सामाजिक जमघट सीमित पार्न भनिएको छ ।

त्यस्तै, अधिकारीहरूले पेश गरेको दोस्रो विकल्पमा पारिवारिक जमघट सीमित पार्ने, सामाजिक दूरी कायम गर्ने र ८ बजेपछि रक्सी पसल एवं रेष्टुरेन्ट खोल्न नपाइने उल्लेख छ । तेस्रो तथा अन्तिम विकल्पका रुपमा पूर्ण लकडाउनलाई राखिएको छ ।

प्रधानमन्त्री जोनसनले आफूसमक्ष पेश गरिएका विकल्पबारे आजै छलफल गर्ने समाचारमा उल्लेख छ । उनले थप प्रतिबन्धात्मक नियम लागू गर्न खोजे सरकारमा सामेल केही मन्त्रीले विरोध जनाउन सक्ने बताइएको छ ।

तर आइतबार स्वास्थ्य मन्त्री साजिद जाभिदले थप प्रतिबन्धात्मक कदम चाल्नुपर्ने अवस्था आउने बताएका थिए । त्यस्तै, उप-प्रधानमन्त्री डोमिनिक राबले बीबीसीसँग कुरा गर्दै क्रिसमसमा थप कडाइ नहुने भनेर निश्चित रुपमा भन्न नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?