+
+

महोत्तरीमा तीन दिनदेखि हराइरहेकी महिला मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:२०

५ पुस, जनकपुरधाम। महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

मटिहानी नगरपालिका ३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृत भेटिएकी हुन् ।

२ पुसदेखि बेपत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरीमा मृत फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?