
५ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय पर्यटक सवारी चालकलाई सुरक्षा तालिम दिएको छ ।
पर्यटक ट्याक्सी, बस र रिक्सा चालकलाई कोभिड महामारीका समयमा सुरक्षित यात्रामा अपनाउनु पर्ने विधि, आतिथ्यता, नक्सा पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिएको हो । बोर्डले पर्यटन क्षेत्रका अग्रपंक्तिमा बसेर काम गर्नेलाई पूनताजगी गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बोर्डले जनाएको छ ।
पर्यटकहरुलाई यात्राका दौरान चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेभसाइटको विवरण भएको स्टिकरलाई ५ सय सवारीमा टाँस्ने अभियान समेत आइतबारबाट शुरुआत गरिएको छ ।
बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले पर्यटक गाडीमा टाँसिएको स्टिकरले पर्यटकमा भ्रमणमा सकारात्मक हुने वातावरण बनेको बताए । नेपाल पर्यटन बोर्डले वार्षिक क्यालेण्डरमा अग्रपंक्तिमा खटिएर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4