+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

मिलन पाण्डेले भने : कारबाही अवैध छ, अस्वीकार गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १६:३५

६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अस्वीकार गर्ने बताएका छन् ।

मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए ।

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’ उनले भनेका छन् ।

पार्टीभित्रको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको भन्दै पाण्डेले भने, ‘मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ ।’

विवाद विचाराधिन रहेकाले विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने अधिकार मिश्र पक्षलाई नभएको पाण्डेले बताएका छन् । ‘हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ’ उनले भनेका छन् ।

मंगलबार बिहान विवेकशील साझा पार्टीमा हालका केन्द्रीय समिति सदस्य समेत रहेको २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा गरेको पाण्डेले बताएका छन् ।

‘यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो । यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्मसहितको विवेकशील साझा पार्टीको निरन्तरता हो’ पाण्डेले विज्ञप्तिमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?