+
+

माओवादीको राष्ट्रिय सम्मेलनमा १,५३३ जना सहभागी हुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १४:०७
कृष्णबहादुर महरा ।

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।

त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।  माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ ।

प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?