+
+

शेयर बजारमा फर्कियो उत्साह, ९२.१६ अंकको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:३४

७ पुस, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा उत्साह फर्किएको छ । यो साता पहिलो कारोबार दिन (सोमबार) घटेको बजार मंगलबारबाट भने बढ्न शुरु भएको हो । यो लय बुधबार समेत कायम रह्यो । आइतबार नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने गरी विभिन्न निर्देशन जारी गरेको थियो । यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।

मंगलबार ५६.७३ अंकले बढेको शेयर बजार बुधबार भने ९२.१६ अंकले वृद्धि भएको छ । यो ३.८२ प्रतिशतको वृद्धि हो । बजार २५०७.७० अंकमा पुगेको छ । बुधबार कुल २३३ कम्पनीको ५५ हजार ९ सय ९७८ वटा कारोबार भएको छ । यसबाट ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको भएको छ । बुधबार सबै परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् ।

बुधबार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?