
७ पुस, सप्तरी। प्रहरीले सप्तरीको कञ्चनरूप नगरपालिका-२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत-४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप नगरपालिका-२ कञ्चनपुरस्थित जाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।
यता, पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4