+
+

सेन्ट्रल जोन पुरुष भलिबलमा माल्दिभ्स पनि सहभागी हुने 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते २१:३६

७ पुस, काठमाडौं । बंगलादेशको ढाकामा आउने बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्सले अन्तिम समयमा निर्णय परिवर्तन गर्दै सहभागी हुने निर्णय गरेको छ ।

सुरुमा माल्दिभ्स सहित ५ टिम सहभागी हुने तय भएपनि प्रतियोगिताको दुई दिनअघि माल्दिभ्स नआउने भएपछि आयोजकले ४ टिमको मात्रै खेलतालिका सार्वजनिक गरेको थियो । तर प्रतियोगिताको अघिल्लो दिन बुधबार माल्दिभ्सले निर्णय फेर्दै फेरि सहभागि हुने जनाएपछि पुरुषको नयाँ खेलतालिका सार्वजनिक भएको छ ।

नेपाली टोलीका म्यानेजर मंगल श्रेष्ठले माल्दिभ्स फेरि आउने भएको जानकारी दिए । आयोजकले बुधबार सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानबीच राउण्ड रोविनको खेल हुनेछ ।

यद्यपि नेपालले पहिलो खेल भने बिहीबार घरेलु टोली बंगलादेशसंग नै हुने भएको छ । यसअघि सुरुमा नेपालले उज्वेकिस्तानसंग खेल तालिका थियो । तर ४ टिम हुने भएपछि नेपालको खेल बंगलादेशसंग परेको थियो ।

नयाँ तालिका अनुसार पनि नेपालले बंगलादेशसंग नेपाली समय अनुसार ४:४५ बजे खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । कम्तीमा शीर्ष तीनमा रहेर पदक जित्ने लक्ष्यसहित नेपाली टोली बंगलादेश पुगेको छ ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नयाँ तालिका अनुसार नेपालले शुक्रबार उज्वेकिस्तान र शनिबार श्रीलंका र आइतबार माल्दिभ्ससंग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?