+
+

भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १५:१८

९ पुस, काठमाडौं । भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् ।

रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् ।

यही असार महिनामा कोकाकोलाले देवयानीलाई भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको थियो । ४७ वर्षीया देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् ।

नेपालमा २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि देवयानीको नाम चर्चामा आएको थियो । उनी र युवराज दिपेन्द्रबीच प्रेम सम्बन्ध रहेको तर दरबारले उक्त सम्बन्ध अस्वीकार गरेपछि दिपेन्द्रले दरबारमा गोली चलाएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ ।

लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी देवयानीसँग संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ ।
दरबार हत्याकाण्ड भएको ५ वर्षपछि मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी देवयानीका एक छोरा छन् ।

भारतका १०० महत्वपूर्ण व्यावसायिकको सूचीको शीर्ष स्थानमा रिलायन्ट इन्डस्ट्रिजका रोहित बंसलको नाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?