+
+

३० किलो ५०० ग्राम गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १७:०५

९ पुस, मकवानपुर। मकवानपुर प्रहरीले ३० किलो ५०० ग्राम अवैध लागूऔषध गाँजा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् । उनीहरुलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गरी ३० किलो ५ सय ग्रामलागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्‍यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?