+
+

सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्न चाहन्छिन् मिस युनिभर्स हरनाज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १८:१६

९ पुस, काठमाडौं । हरनाज सन्धूले २१ वर्षपछि भारतलाई मिस युनिभर्सको उपाधि दिलाइन् । केही दिन पहिले इजरायलमा भएको प्रतियोगितामा हरनाजले भारतको तर्फबाट मिस युनिभर्सको क्राउन पहिरिन सफल भएकी हुन् ।

हरनाजले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा  आफ्ना केही इच्छा व्यक्त गरेकी छन् । आफू राम्रो चलचित्रबाट बलिउडमा प्रवेश गर्न चाहेको उनले बताएकी छन् ।

हरनाजले चलचित्रमा अभिनय गर्ने आफ्नो ‘प्यासन’ रहेको तर, अर्थपूर्ण चलचित्रबाट मात्रै डेब्यु गर्न चाहेको बताइन् । सञ्जय लीला भन्सालीको चलचित्रमा काम गर्न आफू इच्छुक रहेको समेत उनले खुलाइन् ।

‘अभिनय मेरो प्यासन हो । म महिला केन्द्रित चलचित्रबाट अभिनय यात्रा शुरु गर्न चाहन्छु,’ उनले भनिन्, ‘यसका लागि सञ्जय लीला भन्सालीको फिल्म उपयुक्त हुन्छ । म पद्मावत जस्तो स्टेरियोटाइपको फिल्म गर्न चाहन्छु ।’

उनले यसबारेमा अहिले नै सबै कुरा गर्नु भने हतार हुने बताइन् । हरनाजले अगाडि भनिन्, ‘म हरेक निर्णय सोचविचार गरेर मात्र लिन्छु, हेरौं जिन्दगीले अगाडि के लिएर आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?