+
+

च्यासल हिमालयन शेर्पासँग पराजित, रेलिगेसनको दबाव

पिस्टोन मुटुम्बाको दुई गोलको मद्दतमा हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १५:५५

१० पुस, काठमाडौं । पिस्टोन मुटुम्बाको दुई गोलको मद्दतमा हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।

यसअघि ब्रिगेड ब्वाइज विरुद्ध ३-१ ले नै जित हात पार्दा गोल गरेका पिस्टोन मुटुम्बा र सुरेश कुमालले शनिबार पनि हिमालयन शेर्पाका लागि गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २५ औं मिनेटमा केन्याका खेलाडी पिटोन मुटम्बाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । त्यसपछि ५६औं मिनेटमा मुटुम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन शेर्पाले अग्रता दोब्बर बनायो । जारी लिगमा मुटुम्बाको यो तेस्रो गोल हो ।

७५ औं मिनेटमा च्यासलका रुमेश बर्तौलाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । तर सुरेश कुमालले ८० औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले ३-१ को सहज जित हात पारेको हो ।

लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पा अंकतालिकामा तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लेको छ । उसले  ६ खेलबाट ८ अंक जोडेको छ ।

उता च्यासलले भने सिजनको चौथो हार बेहोरेको छ । जारी सिजन च्यासल धेरै हार बेहोर्ने टोलीसमेत बनेको छ । ६ खेलबाट ४ अंक रहेको च्यासल १३ औं स्थानमा रहँदै रेलिगेसन संघर्ष गरिरहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?