+
+

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ

नुनुता राई नुनुता राई
२०७८ पुष ११ गते २०:०४

११ पुस, काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यान्वयनमा ल्याउने भएको छ ।

मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षमा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो ।

निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् । १.६ जीपीए भन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ ।

विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ । अब कक्षा १ देखि नै विद्यार्थीको मूल्यांकन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।

क्र.स. उपलब्धि प्रतिशत स्तरीकृत अङ्क अक्षरमा उपलब्धिस्तर उपलब्धि स्तरको व्याख्या
९० र सोभन्दा माथि ४.० A+ सर्वोत्तम (Outstanding)
८० र सोभन्दा माथि ९० भन्दा कम ३.६ A अत्युत्तम (Excellent)
७० र सोभन्दा माथि ८० भन्दा कम ३.२ B+ उत्कृष्ट (Very Good)
६० र सोभन्दा माथि ७० भन्दा कम २.८ B उत्तम (Good)
५० र सोभन्दा माथि ६० भन्दा कम २.४ C+ सन्तोषजनक (Satisfactory)
४० र सोभन्दा माथि ५० भन्दा कम २.० C ग्राह्य (Acceptable)
३५ र सोभन्दा माथि ४० भन्दा कम १.६ D आधारभूत (Basic)
३५ भन्दा कम NG अवर्गीकृत (Not Graded)

विद्यार्थीले माथिल्लो कक्षामा जान लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ । विषयगत रुपमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अर्थात् डी ग्रेड र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ । त्यसबाट प्राप्त अङ्कलाई ग्रेड सिटमा अक्षर ग्रेडमा रुपान्तरण गरिनेछ ।

दुई विषयसम्म तोकिएको ग्रेड नल्याएका विद्यार्थीले तीन वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । यसरी दिएको परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्ष सम्पूर्ण विषयको परीक्षा दिनुपर्नेछ ।

६० मिनेटको एक घण्टी

निर्देशिकाले विद्यालय तहको पाठ्यघण्टाको समयावधि पनि बढाएको छ । यसअघि ४५ मिनेटको एक घण्टी रहँदै आएकामा नयाँ निर्देशिकाले ६० मिनेटको एक घण्टी बनाएको हो । तर, विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नसक्ने सुविधा दिएको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?