९ मंसिर, काठमाडौं । जेनजी नेपाल समूहका युवाहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।
जेनज़ी रुपन्देही नेपालको तर्फबाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।
मंगलबार रुपन्देहीमा गृहमन्त्री अर्यालसँग भेट गर्दै उनीहरूले आफ्ना साथीहरू अझै घर बाहिर निस्केर हिँड्न वातावरण नभएको भन्दै त्यसका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।
जवाफमा गृहमन्त्री अर्यालले कानुनी राज्यको सबैले पालन गर्दै राज्यलाई सघाउन आग्रह गरे ।
२४ भदौ र २३ भदौको घटना फरक कोणबाट सरकारले हेरिरहेको भन्दै अर्यालले घटनाको निष्पक्ष छानबिन हुने गरी सुरक्षा प्रशासनले काम गरिरहेको बताए ।
सोही क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रसाशनले सदैव कानुनलाई सघाउनेलाई कानुनले नै सघाउने गरी दोषी नदेखिएकालाई निर्दोष करार गर्न सहयोग गर्ने बताए ।
प्रतिक्रिया 4