
१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।
अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।
आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ ।
अहिले बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गर्न सुरु गरेका छन् । यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले छलफल गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4