+
+

भारतको चन्डीगढमा भाजपालाई झड्का, आमआद्मीका उम्मेदवारसँग हारे मेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:०२
भाजपाका उम्‍मेदवारलाई पराजित गरेपछि खुसीयाली मनाउँदै आपका उम्मेदवार धरमप्रीत सिंह

१२ पुस, काठमाडौं । भारतको चन्डीगढ नगर निगम चुनावको नतिजा आज घोषणा हुँदैछ । प्रारम्भिक मत परिणाम अनुसार भारतीय जनता पार्टीलाई झड्का लागेको छ ।

चन्डीगढ नगर निगमका ३५ वटामध्ये १४ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । ताजा मत परिणाम अनुसार आम आद्मी पार्टी (आप)ले ६ वटा वडामा जित हासिल गर्दै अग्रता लिइरहेको छ । भारतीय जनता पार्टी (भाजपा) ले ५ वटा वडामा जित हात पार्दै आपलाई पछ्यारहेको छ ।

आपका उम्मेदवारले भाजपाका मेयरलाई पराजित गरेका छन् । भाजपाका मेयर रबिकान्त शर्मा वडा नम्बर १७ मा पराजित भएका हुन् । शर्मालाई आपका उम्मेदवार धरमप्रीत सिंहले ८२८ मतले हराएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै, पूर्व मेयर एवं भाजपाका उम्मेदवार दभेश मोदगिलसमेत आपका उम्मेदवार जस्बिरसँग पराजित भएका छन् । शुक्रबार सम्पन्‍न चन्डीगढ नगर निगमको चुनावको मत परिणाम आज दिउँसोसम्म सार्वजनिक हुने समाचारमा उल्लेख छ ।

पछिल्लो विवरण अनुसार कांग्रेसले २ वडा र अकाली दलले १ वडामा जीत हात पारेका छन् । यसअघिको चुनावमा भाजपाले २० वडामा जीत हात पारेको थियो ।
आगामी फेब्रुअरी-मार्चमा पञ्जाबमा विधानसभा चुनाव हुन गइरहेको छ ।

विधानसभा चुनावपूर्व भएको युनियन टेरिटरी चन्डीगढको नगर निगम चुनावलाई महत्वका साथ हेरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?