+
+
Shares

रास्वपा-भाजपा वार्ता : दुई दलीय सम्बन्ध विस्तारबारे छलफल

रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भएको आजको भेटमा दुई देश र पार्टीबीच सम्बन्ध मजबुत बनाउनेबारे कुरा भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछाने र भाजपा नेताहरूबीच दुई दलीय सम्बन्ध तथा राजनीतिक कार्यदिशाबारे नयाँ दिल्लीमा छलफल भएको छ ।
  • भाजपाको निमन्त्रणामा दिल्ली पुगेको रास्वपा प्रतिनिधिमण्डलले भाजपाको आधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको छ ।
  • वार्तापछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो संवाद महत्त्वपूर्ण रहेको बताउनुभयो ।

१९ जेठ, काठमाडौं ।  भारतको सत्तारुढ दल भाजपा र नेपालको सत्तारुढ दल रास्वपाबीच दुई दलीय सम्बन्ध र राजनीतिक कार्यदिशाबारे छलोफल भएको छ ।

रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भएको आजको भेटमा दुई देश र पार्टीबीच सम्बन्ध मजबुत बनाउनेबारे कुरा भएको हो ।

आजको भेटवार्तापछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले विज्ञप्ति जारी गर्दै दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो वार्ता महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।

दुवै दलका संवादलाई कूटनीतिक रूपमा अघि बढाउन यस वार्ताको महत्त्व रहेको उल्लेख छ ।

भाजपाको ‘नो बीजेपी’ अभियान अन्तर्गत रास्वपा सभापति रवि लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भाजपाकै निमन्त्रणामा दिल्ली गएको हो ।

बैठकका क्रममा भाजपाको सांगठनिक संरचना र राजनीतिमा जेन जीको बढ्दो भूमिका र सम्भावनाबारे दुवै पक्षबीच विमर्श भएको थियो । संवादपछि नेपाली प्रतिनिधिमण्डलले भाजपाको आधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेको विज्ञप्तिमा छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?