 
																			१२ पुस, काठमाडौं । प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८७०० नं. को यात्रु बाहक बसलाई प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नन्दन गाउँपालिका वडा ३ बस्ने २९ वर्षीय राजुराम अवध जैसवाल र सोही ठाउँ बस्ने २४ वर्षीय मुन्ना चौहान रहेका छन् ।
उनीहरुले बसको बी साइडको १२/१३ नम्बरको सिटमा कालो रंगको झोलाभित्र लागूऔषध लुकाएर ल्याएको १६० एम्पुल डाईजापम, १६० एम्पुल नुफिन र १६० एम्पुल फेनरागन प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4