
१३ पुस, काठमाडौं। लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका हुन् ।
बंगलादेशमा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि रक्षा गरेको हो ।
रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपालले कूल ६ खेल खेल्दा अपराजित रहँदै च्याम्पियन बनेको हो ।
यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले पनि च्याम्पियन टोलीलाई बधाई दिएका छन् । नेपालको पुरुष टोली भने तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा हार्दै चौथो भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4