+
+

माओवादीले १११ खुला केन्द्रीय सदस्य छान्दा ६ मात्रै महिला

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:२९

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्‍मा ६ जना महिला मात्रै चयन भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्‍मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् ।

खुल्लातर्फ निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन् ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्‍याउने निर्णय गरेको छ । समानुपातिक सूचीमा महिलाहरुको नाम पुरूषको तुलनामा बढी भएतापनि खुलातर्फ भने ६ जना महिलालाई मात्रै निर्वाचित गरेको हो ।

अब खुलातर्फ ३४ जना निर्वाचित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?