+
+

दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते ९:११

२० पुस, काठमाडौं । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

भारतमा कोरोना संक्रमण फैलिदो क्रममा छ । राजधानी नयाँदिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?